सुदूर नेपाललाई विश्वसँग जोड्दै

बनबसामा चरेशसहित एक नेपाली पक्राउ

२०७९ पुष २, ०४:५१ खबर संवाददाता

धनगढीः नेपाल–भारत सीमा क्षेत्रबाट एक जना नेपालीलाई भारतीय प्रहरीले चरेशसहित पक्राउ गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त अभियान अन्तर्गत शारदा ब्यारेज नजिकबाट साढे दुई किलो चरेशसहित कैलालीको घोडाघोडी नगरपालिका १ का ४१ वर्षीय गंगाधर गौतम पक्राउ परेका हुन्।

भारतीय प्रहरीले उत्तराखण्डमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गरेको छ। सोही अभियान अन्तर्गत गौतमलाई चरेशसहित पक्राउ गरी चम्पावतस्थित जेल चलान गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस