सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा भोलि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

२०७९ पुष २, ११:५७ खबर संवाददाता

बैतडीः बैतडीको पाटन ७ मा भोलि आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। खानपिन तथा जीवनशैलीका कारण नसर्ने रोगहरुको प्रकोप बढ्दै गएपछि बैतडीको पाटन नगरपालिकाले आइतबारबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै छ।

नगरपालिकाले विभिन्न ठाउँमा नसर्ने रोगको उपचार सेवा प्रदान गर्न लागेको हो। आइतबारबाट प्रथम चरणमा पाटन ७ को कैलपाल स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर लाग्ने पाटन नगरपालिकाका स्वास्थ्य  संयोजक मदन सिंह महराले जानकारी दिए।

१० ओटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको  तयारी भएकोमा अहिले वडा नं १, ५, र ७ मा शिविर सञ्चालन हुने उनले बताए। सरुवा रोग भन्दा पनि मधुमेह, मुटु सम्बन्धि र क्यानसर जस्ता नसर्ने रोगहरु पछिल्लो समय बढदै गएकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य शिविर  सञ्चालनको  भइरहेको स्वास्थ्य संयोजक महराले  बताए।

प्रथम चरणमा वडा नं १ सकारमा रहेको प्रसुतिकेन्द्रमा  पौष ५ गते, पाटन ५ मा रहेको बसन्तपूर स्वास्थ्यचौकीमा पौष ७ गते  र पाटन ७  को कैलपाल स्वास्थ्य चौकीमा पौष ३ गते स्वास्थ्य शिविर लाग्ने जनाएको छ। शिविरमा खानपिन तथा जीवनशैलीका कारण लाग्ने एक अर्कामा नसर्ने रोगहरुको परीक्षण, उपचार,परार्मश सेवा पदान गरिने स्वास्थ्य संयोजक महराले बताए।

दम तथा फोक्सो सम्बन्धि ,उच्च रक्तचाप, तथा मुटु सम्बन्धि रोगहरु, मधुमेह,बाथजोर्नि दुखाई, स्तन र पाठेघरको क्यानसर,मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान हुने नगरपालिकाले  जारी गरेको सूचनामा उल्लेख गरिएको छ। शिविरमा रोगअनुसारको औषधि समेत वितरण गरिने बताइएको छ। उपचार सेवा लिन नगरपालिकाले सबैलाई आग्रह समेत गरेको छ।
 

कमेन्ट लोड गर्नुस