बैतडीका ९ स्थानीयतहले भूमी आयोगसंग सम्झौता गरे
बैतडी– बैतडीका ९ ओटा स्थानीयतहरुले भूमी आयोगसंग सम्झौता गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अन्य सबै स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए।
उनका अनुसार जिल्लाको पुर्चौडी नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिकाले भूमी आयोग संग सम्झौता गरिसकेको छ।
यस्तै सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलौशैनी गाउँपालिका दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाले पनि भूमी आयोग संग सम्झौता गरि सकेको छ।
पालिकाभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि स्थानीयहतहरुले आयोगसंग सम्झौता गरेका छन्।
यस्तै दशरथचन्द नगरपालिकाले पनि सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि काम भइरहेको बताएको छ। भूमी आयोग संग सम्झौता गर्न मात्रै बाँकी रहेको र तथ्याँक संकलन लगायतका प्रकृया अगाडी बढि सकेका नगरप्रमुख पुष्कर राज जोशीले बताए। कार्य व्यस्तताले समझौता गर्न नसकिएको र छिट्टै गरिने उनले बताए।
स्थानीय तहहरुले सम्झौता गरेर लगत संकलनको काम गरिरहेको अध्यक्ष ऐरले बताए। आ–आफ्ना स्थानीय तहमा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनका लागि पालिकाहरुले काम गरिरहेका उनले बताए।
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेर उनीहरुलाई आयोगले लालपूर्जा समेत वितरण गर्ने बताइएको छ। जतिसक्दो चाँडो तथ्यांक संकलन गरेर लालपूर्जा वितरण गरिने राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको छ।