गोली लागेर २ प्रहरीसहित ६ जनाको मृत्यु
काठमाडौंः अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा गोली लागेर दुई प्रहरीसहित ६ जनाको मृत्यु भएको छ।
क्विन्सल्याण्डको ब्रिस्बेनबाट २७० किलोमिटर टाढा पर्ने वेम्बिला भन्ने स्थानमा एक बेपत्ता व्यक्तिको खोजीमा जुटेका प्रहरीहरूमाथि आक्रमण भएको थियो। प्रहरीको जवाफी कारबाहीमा ५८ वर्षीय एक व्यक्ति पनि मारिएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा २६ वर्षीय मेथ्यु अरनोल्ड र २९ वर्षीय रेचल म्याक्रो छन्। अर्का एक प्रहरी घाइते छन्। अर्का एकजनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
प्रहरीका अनुसार आक्रमणकारी को हुन् र उनीहरुले किन आक्रमण गरे भन्ने खुलेको छैन।