कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ
धनगढीः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। शनिबार राति भीमदत्त नगरपालिका ३ जनज्योति चोकबाट उनीहर समातिएका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका ३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।