सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा तीन जना पक्राउ

२०७९ मंसिर २५, ०९:५५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।

गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू सहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबरजस्ती करणी गरेको किशोरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस