सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा बगेर युवकको मृत्यु

२०७९ मंसिर २४, ०४:३८ खबर संवाददाता

धनगढीः डोटीस्थित सेती नदीमा बगेर एक युवकको ज्यान गएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर लक्ष्मीराज जोशीका अनुसार शनिबार दिउँसो करीब २ बजेको समयमा उनको नदीमा शव फेला परेको हो। स्थानीयले नदीमा तैरिइरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक बोगटीको शव बगेको स्थानबाट ४ सय मिटरको दुरीमा भेटिएको छ। 

उनी नदी किनारमा गएको र त्यहाँबाट चिप्लिएर बगेको प्रहरीले जनाएको छ। अहिले उनको शव पोस्टमार्टमको तयारी भइरहेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस