सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र विकास बोर्डको निर्देशनपछि धनगढीको एसटिएस सिनेमामा विश्वकप नदेखाइने 

२०७९ मंसिर २३, ०५:१५ खबर संवाददाता

धनगढी: चलचित्र विकास बोर्डले फिल्महलमा विश्वकप देखाउन रोक लगाएपछि धनगढीको एसटिएस सिनेमा हलमा विश्वकप नदेखाइने भएको छ। 

बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका हुन्। 

‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’ बिज्ञप्तिमा भनिएको छ।

बोर्डको निर्देशन पालना गर्दै विश्वकप नदेखाइने एसटिएस सिनेमा हलले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस