सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि एसटिएस सिनेमामा विश्वकप फुटबल

२०७९ मंसिर २३, ०४:४४ खबर संवाददाता

धनगढीः कतारमा जारी विश्वकप फुटबलमा आददेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन्। आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ। नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन्। यसै अवशरमा धनगढी स्थित एसटिएस सिनेमा हलमापनि फुटबल हेर्न पाइने भएको छ।

राति साढे ८ बजे सिनेमाले ब्राजिल र क्रोएसियाको खेल देखाउनेछ । यस्तै सढे १२ बजे नेदरलेन्ड र अर्जेन्टिनाको खेल देखाउने सिनेमाले जनाएको छ। फुटवलका लागी टिकट बुकिङ खुला गरिएको छ । टिकेट रेट २०० र ३०० राखिएको छ ।

कमेन्ट लोड गर्नुस