सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलमा आगलागी भएपछि...

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर २३, ०१:२४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ। बिहीबार साँझ जिल्लाको पुनर्वास नगरपालिका-२ अरनिकोबस्तीस्थित सडकमा बेलौरीबाट आईबिआरडीतर्फ जाँदै गरेको मोटरसाइकलमा आगलागी भएको हो। 

से २ प ६४८२ नम्बरको मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीपछि मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। अन्य क्षति भने भएन। 

कमेन्ट लोड गर्नुस