सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी गायिका काजल र जुम्लाका छत्रले गरे विवाह

२०७९ मंसिर २३, १२:५० खबर संवाददाता

धनगढीः लोकदोहोरी गायिका काजल जोशी र छत्र शाहीले विवाह गरेका छन्। शुक्रबार बिहान यी दुईले गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका हुन्। 

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो। ‘इन्द्रेणी’ कार्यक्रमबाट छत्र र काजल चर्चित छन्।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो। विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए। 
 

कमेन्ट लोड गर्नुस