सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको सचिवालय बैठक आज बस्दै

२०७९ मंसिर २३, ०८:४२ खबर संवाददाता

काठमाडौं: एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ। समानुपातिकतर्फ पाएको मतका आधारमा प्रतितिनिसभामा एमालेका ३४ सांसद निर्वाचित हुने छन्।

त्यसैगरी मधेस प्रदेशबाहेक चार प्रदेशमा एमाले पहिलो भएको छ भने अरु दुई प्रदेशमा कांग्रेससँग बराबरी सिट ल्याएको छ। आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै दलहरु समानुपातिक सांसदको निर्णय गर्न लागेका हुन्।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ।
 

कमेन्ट लोड गर्नुस