सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु

२०७९ मंसिर २३, ०८:१५ खबर संवाददाता

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय तेजबहादुर साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आज बिहान ४:३० बजे से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ। सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिपमा चालक बाहेक अरु कोही पनि नभएको प्रहरीले जनाइएको छ। डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो।

कमेन्ट लोड गर्नुस