सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टी–ट्वान्टी पुस ८ गतेबाट सुरु

२०७९ मंसिर २३, ०६:०६ खबर संवाददाता

काठमाडौं: नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने भएको छ। पहिलो संस्करणको क्रिकेट प्रतियोगिता सरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ। यस अघि पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने तालिका रहेको थियो। यस्तै क्यानले प्रतियोगिता खेल्ने नयाँ टोली घोषणा गरेको छ।

क्यानले काठमाडौं नाइट नयाँ टोली रहेको जनाएको छ। काठमाडौं गोर्खाज बाहिरिएपछि क्यानले नयाँ टोली सार्वजनिक गरेको हो ।

कमेन्ट लोड गर्नुस