सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित १८ वर्षीय किशोरसँगै २ जना पक्राउ 

२०७९ मंसिर २२, ०६:३७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित १८ वर्षीय किशोरसँगै २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट अवैध लागुऔषध (ब्राउनसुगर) सहित उनीहरु समातिएका हुन्। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका ३ तिलकपुर बस्ने एक १८ वर्षीय किशोरसहित ३ जना रहेका छन्। तर, उनीहरुको नाम भने खुलाइएको छैन। 

उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो। उनीहरुबाट १४ मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस