सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप लिग टुः नेपाल आज स्कटल्याण्डसँग खेल्दै  

२०७९ मंसिर २२, ०७:३० खबर संवाददाता

काठमाडौं: आईसीसी विश्वकप लिग टू को सिरिज अन्तर्गत बिहीवार नेपालले नामिबियामा स्कटल्याण्डसँग खेल्दै छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा एक अंक लिएको नेपालले त्यसपछि लगातार २ खेलमा पराजय भोगेको छ।

बिहीवारको खेलमा जित निकाल्दै नामिबिया भ्रमण सम्पन्न गर्ने लक्ष्यमा नेपाल रहेको छ। तर नेपाल भन्दा बलियो स्कटल्याण्डसँग जित निकाल्न सहज भने छैन। नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र स्कटल्याण्ड एकआपसमा तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्।  दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ। 
 

कमेन्ट लोड गर्नुस