सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गाडिएको अवस्थामा भेटिए पशुचौपाया 

२०७९ मंसिर २१, ०२:२५ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन्। वेदकोट नगरपालिका–३ स्थित चोरपानी नजिकै करीब आधा दर्जन पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएका हुन्। 

खाडलमा गाडेका पशुचौपायालाई स्थानीयले डोजरको प्रयोग गरेर निकालेका छन्। तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन। स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन्।

व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेका थिए। तर, पछि पशुचौपायालाई राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको नगरपालिकाले जनाएको छ। 

सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पुर्‍याइएको बताइएको छ। तर गाडिएको विषयमा भने नगरपालिकाले कुनै प्रतिक्रिया दिएको छैन। गौशालामा राखिएका गाईगोरुलाई अज्ञात समूहले गौशालाबाट निकालिदिएपछि समस्या भएको जनप्रतिनिधिहरुको दाबी छ।


 

कमेन्ट लोड गर्नुस