सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरस्थित महाकाली नदीमा पुरुषको शव फेला

२०७९ मंसिर २०, ०९:०३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा महाकाली नदीमा पुरुषको शव भेटिएको छ। भीमदत्त नगरपालिका–९ को बन समिति भुमरीघाटस्थित महाकाली नदीको किनारमा डडेल्धुराको परशुराम नगरपालिका–६ का ४९ वर्षीय गोरे धामीको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले मंसिर १५ गते परशुराम नगरपालिकाको सिसिम झाला घाटबाट बेपत्ता भएका धामीको शव मंगलबार साँझ नदीमा भेटिएको जानकारी दिए । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको गिरीले बताए।

कमेन्ट लोड गर्नुस