सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा तटबन्ध नबनाउन भारतलाई सरकारको कुटनीतिक नोट

२०७९ मंसिर २०, ०५:२१ खबर संवाददाता

काठमाडौंः सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि मंगलबार नेपालले भारतलाई कुटनीतिक नोट पठाएको हो।
 

कमेन्ट लोड गर्नुस