सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलको नेता बन्न देउवाले पहल थाले, शशाङ्कलाई सहयोग गर्न आग्रह 

२०७९ मंसिर २०, ०३:२२ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैटौंपटक प्रधानमन्त्री बन्नका लागि पार्टीभित्रबाट पहल थालेका छन्। देउवा आफ्नै नेतृत्वमा गठबन्धन सरकारको निरन्तरता चाहिरहेका छन् र त्यसका लागि कांग्रेस संसदीय दलको नेता चुनिनुपर्ने वैधानिकता पूरा गर्न बाँकी छ।

देउवाले अहिलेसम्म दलको नेतामा औपचारिक दाबी नगरे पनि उनले शीर्ष नेताहरूसँग छलफल थालेका छन्। पूर्व महामन्त्री शशाङ्क कोइरालासँग मङ्गलवारको भेटमा देउवाले दलको नेतामा आफूलाई सघाउन आग्रह गरेको शशाङ्कको सचिवालयले जनाएको छ।

चुनाव जितेपछि भएको पहिलो भेटमा देउवा र कोइरालाबीच बधाई आदान प्रदान मात्र भएको र देउवाले आफूलाई सघाउन आग्रह गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस