सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अजिङ्गरको उद्धार

२०७९ मंसिर २०, १०:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा अजिङ्गरको उद्धार गरिएको छ। बेलौरी नगरपालिका–२ बैजुडाडाको कालोपत्रे सडकमा अजिङ्गर (पेठोन) फेला परेको हो। सडकमा फेला परेको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालयले उद्वार गरेको छ।

सोमबार दिउँसो ३ बजे सडकमा ८ फिट लम्बाई, ७ दशमलव ५ किलोग्राम तौल भएको अजिङ्गर फेला परेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।

उक्त अजिङ्गरलाई प्रहरी र स्थानीयको सहयोगमा लालझाडी राष्ट्रिय वन क्षेत्र पुनर्वास–१० मा छोडिएको यादवले बताए।
 

कमेन्ट लोड गर्नुस