सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपक मनाङे नेकपा एसतिर लागे

२०७९ मंसिर १९, ०६:३१ खबर संवाददाता

धनगढीः मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित (राजीव गुरुङ) दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन्। उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन्।

मनाङेले एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एसको संगठनमा आबद्ध भएको बताएका छन्। स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे पनि अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भएर गरिने पहलकदमीले काम प्रभावकारी हुने निष्कर्षमा पुगेको उनले बताएका छन्।

कमेन्ट लोड गर्नुस