सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमति भएको छः खगराज भट्ट

२०७९ मंसिर १९, ०४:५९ खबर संवाददाता

डडेलधुराः नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले गठबन्धनमा आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने समझदारी भएको बताएका छन्। डडेल्धुरा प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित भट्टले सोमबार पत्रकार सम्मेलन गरेर गठबन्धनमा आफूलाई मुख्यमन्त्री बनाउने सहमति भएको बताएका हुन्। 

‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको हो,' उनले भने, ‘त्यो लिखित त छैन। तर, शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ।'

निर्वाचनपछि सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको भट्टको भनाइ छ। 

कमेन्ट लोड गर्नुस