सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविको पार्टीमा लफडा, जिल्ला सभापति बर्खास्त गर्न माग 

२ सय ४० जनाले बुझाए हस्ताक्षर

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर १८, ०३:३८ खबर संवाददाता

धनगढीः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन्। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो। स्रोतका अनुसार २ सय ४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन्। 

न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ। यता न्यौपानेले भने आफूमाथि गुटबन्दी भएको प्रतिक्रिया दिएका छन्। पार्टीले राष्ट्रिय दलको हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएको उनले दाबी गरे। विपक्ष दलका उम्मेदवार भेटेको विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीतिअनुसार भेट गरेको बताए।

कमेन्ट लोड गर्नुस