सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाटक प्रदर्शनीका लागि धनगढीको एसपीए थियटर्स एण्ड आर्टस क्लब छनोट

२०७९ मंसिर १८, ०३:०३ खबर संवाददाता

धनगढीः धनगढीको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लब ५० हजार अनुदानसहित नाटक प्रदर्शनीका लागि छनोटमा परेको छ। कथा घर नेपालले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा धनगढीबाट थियटर्स एण्ड आर्टस क्लब छनोटमा परेको हो। 

कथा घरले देशभर महिलाका क्षेत्रमा छोटा सडक नाटकहरु बनाएर अनुदानका लागि खुला आह्वान गरेको थियो। जसमा एसपीएको ‘नरपिपासु’ नाटक अनुदानका लागि छनौटमा परेको हो। अब क्लबले उक्त नाटक सार्वजनिक स्थानमा प्रस्तुत गर्नेछ।

देशभरका महिला निर्देशकहरुले सहभागिता जनाउने उक्त प्रतिस्पर्धामा एसपीएकी स्नातक तहमा अध्ययनरत छात्रा आयुष्मा जोशीले निर्देशकको भूमिका निर्वाह गरेकी छन्। उक्त नाटकमा कलेजका १५ बढी विद्यार्थीहरु विभिन्न पात्रका रुपमा संग्लन छन्। 

एसपीएले रंगमञ्च तथा कला क्षेत्रमा रुचि भएका विद्यार्थीहरुका लागि थियटर्स तथा आर्टस क्लब गठन गरेको छ। क्लबमा आवद्ध विद्यार्थीहरुलाई रंग क्षेत्रका विभिन्न व्यक्तित्वहरु ल्याएर प्रशिक्षित गराइन्छ।
 

कमेन्ट लोड गर्नुस