सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको इन्द्रेणी कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न

२०७९ मंसिर १८, ०७:१८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका-९ स्थित इ्रन्द्रेणी कृषि सहकारी संस्थाको ११औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभा संस्थाका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा सम्पन्न भएको हो। 

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य बहादुरसिंह थापा र विशिष्ट अतिथि वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले सहकारीहरुले गाउँबस्तीमा कृषि सम्बन्धी कार्य गरिरहेका बताउँदै अब सहकारीहरुले परम्परागत रुपमा खेती गर्दै आइरहेका कृषि बालिहरुलाई समेत जगेर्ना गरी कृषि कार्यमा थप उर्जाका साथ अगाडि बढ्नुपर्ने बताए।

त्यस्तै, प्रदेशसभा सदस्य थापाले किसानहरुका लागि मल, विउ उपलब्ध गराउने, कृषिमा आधुनिकीकरण गर्ने भन्ने कुराहरु राजनीतिक दलका अहिलेसम्म चुनावि नारामा मात्र सिमित रहेको र कृषिमा कुनै विकास हुन नसकेको अवस्था रहेकोमा अब बन्ने गठबन्धनको सरकारले किसानका समास्याहरुलाई पूर्णरुपले सम्बोधन गरिने बताए। 

कमेन्ट लोड गर्नुस