सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुधार गृहका कर्मचारी मृत फेला, हत्या गरिएको आरोप

२०७५ चैत्र ८, १२:४४ कमल सावद

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा सुधार गृहका कर्मचारी मृत फेला गरेका छन्। बोराडाडीमा रहेको लागु पदार्थ पुनस्थापना केन्द्रका स्टोरकिपर जनक ढुङ्गाल मृत फेला परेका हुन्। राती खाना खाएर सुतेका उनी राती १० बजे मृत फेला परेको पुनस्थापन केन्द्रका प्रमुख रामवहादुर रजकले बताए। सुधार गृहमा रहेका दृव्यसनीहरुलाई खाना दिएपछि उनी माथिल्लो कोठामा सुतेका थिए। राती उनी सुतेको कोठमा पुगेका सुधार गृहका प्रमुख रजकले उनलाई देखेका थिए। तर मृतकका आफन्तहरुले घटना संकास्पद रहेको बताएका छन्।

जनकका दाजु अनसिङ ढुङ्गालले भाईको मृत्यु संकास्पथ रहेको बताए। आफन्तको आशंका सुधार गृहमा रहेका दृब्यसनीहरुले हत्या गरेको छ। मृतक जनकको कुनै बाहिरि अंगमा चोट लागेको देखिएको छैन्। प्रहरीमा पनि जाहेरी दिइएको छ। जनक पनि ४ बर्ष अगाडी दुव्र्यसनी थिए तर पछि सुधार हुँदै पुनस्थापना केन्द्रमा काम गर्दै आएका थिए। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस