सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अछाम हवाई सेवा सुरु

२०७५ चैत्र ८, १०:४७ खबर संवाददाता

समिट एयरले आजदेखी धनगढी–साफेबगर हवाई सेवा सञ्चालनमा ल्याएको छ। अछामको साफेबगर बिमान स्थल कालोपत्रे भएपछि हवाई सेवा सञ्चालनमा आएको हो। फागनु २२ गते नेपालगञ्ज देखि साँफेबगर परिक्षण उडान गरेको समिट एयरले शुक्रबारबाट धनगढीबाट साँफेबगरका नियमित उडान भर्न सुरु गरेको हो।

पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ। यात्रुहरुको चाप अनुसार आगामी दिनमा हप्तामा चार दिन सम्म उडान भर्न सकिने समिट एयरका प्रतिनिधि दिपक दुवालले जानकारी दिए ।

धनगढी देखी साँफेबगर सम्मका लागि तीन हजार तीन सय ५० रुपैया भाडादर कायम  गरिएको उनले बताए। 

यसअघि नेपाल एयरलाईन्सले नेपालगञ्ज देखी साँफेबगरका लागि नियमित उडान भर्दै आईरहेको छ। नेपाल एयरलाईन्सले हप्तामा दुई दिन आईतबार र बिहिबार उडान गर्दै आईरहेको हो। धनगढी साँफेबगर नियमित हवाईसेवा सुरु भएपछि अछाम लगायत छिमेकी जिल्ला बाजुराका यात्रुलाई आवतजावतमा सजिलो हुनेछ। धनगढी साँफेवगरको हवाई यात्राको दुरी १७ मिनेटको रहेको छ। धनगढीबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हवाई सेवा सुरु भएको अछाम नै पहिलो जिल्ला हो।  

कमेन्ट लोड गर्नुस