सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेतना साउँदको न्यायका लागि महेन्द्रनगरमा प्रदर्शन

२०७९ मंसिर १६, ०७:२१

महेन्द्रनगरः धनगढीको पञ्चोदय माध्यामिक विद्यालयकी विद्यार्थी चेतना साउँदको न्यायका लागि महेन्द्रनगरमासमेत प्रदर्शन गरिएको छ। नेकपा बहुमतको विद्यार्थी संगठनले महेन्द्रनगरमा शुक्रबार प्रदर्शन गरेको हो। 

कैलालीको धनगढी उप–महानगरपालिका–५ मा बिहीबार ग्रेडरले कुल्चिएर १४ वर्षीया साउँदको मृत्यु भएको थियो। उनको हत्या गरिएको भन्दै धनगढीसहित महेन्द्रनगरमा समेत प्रदर्शन गरिएको हो। नेकपा बहुमत निकट युवा जनस्वयमसेवक नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले सयुक्त प्रदर्शन गरेको बताइएको छ। उनीहरुले राजमार्गमा टायर बाल्दै साउँदलाई न्याय दे, प्रहरी दमन बन्द गर, नालायक प्रशासन खबरदार, जिल्ला प्रमुख किरण थापा तत्काल राजिनामा दे लगायतका नारा लगाएका छन्।

प्रदर्शनमा जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीका अनुसार कार्यक्रममा अखिल क्रान्तिकारीका सेती–महाकाली ईन्चार्ज सुरेन्द्र धानुक, पुष्कर भण्डारी, वीरेन्द्र नाथ, सुरज मल्ल लगायतको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस