सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७९ मंसिर १६, ०६:१८ खबर संवाददाता

बझाङः बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा छविस पाथिभेरा गाँउपालिका वडा नं १ का ४० वर्षीय शिवहरी गिरी रहेका छन्।

मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ। उनको आज दिउँसो ४ बजेतिर मटेलामा रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस