सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा रोकिएको मतगणना पुनः सुरु, कसरी सुल्झियो विवाद ?

२०७९ मंसिर १६, ०४:०० खबर संवाददाता

धनगढीः बाजुरामा मत गणनाको काम पुनः सुरु गरिएको छ। यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद पैदा भएको थियो। उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी पाइएको थियो कांग्रेस कार्यकर्ताहरूले दाबी गरेका थिए।

चिर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो।

कमेन्ट लोड गर्नुस