सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत बन्यो विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

२०७९ मंसिर १६, १२:१२

एजेन्सी: भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ। एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो।

भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ। विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो। अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंङ्कको भनाइ छ।

विप्रेषण वा आप्रवासी कामदारबाट हुने कमाइ घरमा रहने परिवारका लागि महत्त्वपूर्ण स्रोत पनि हो। पछिल्ला वर्षहरूमा भारतीय नागरिक अमेरिका, बेलायत, सिङ्गापुरलगायतका विकसित देशमा रोजगारी पाउने सूचीमा पर्दै गएका छन्। रेमिट्यान्सको यो रकम भारतमा कुल ग्रार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हो।

विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रकममा गएको वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुँदा एक सय अर्ब डलर नाघेको प्रतिवेदनमा उल्लेख छ। उच्च रेमिट्यान्स भित्र्याउने अरु देशहरुमा मेक्सिको, चीन, इजिप्ट र फिलिपिन्स पनि रहेका छन्। दक्षिण एसियामा भारतपछि नेपाल रहेको विश्व बैंङ्कले जनाएको छ। 

कमेन्ट लोड गर्नुस