सुदूर नेपाललाई विश्वसँग जोड्दै

माया हत्या प्रकरण : सशस्त्रका जवानको नाममा किटानी, खोजी गर्दै प्रहरी 

२०७९ मंसिर १६, ०९:०५ खबर संवाददाता

धनगढी: घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका छन्। मृतकका आफन्तले शिवनाथ गाउँपालिका-४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान भरतराम कोलीको नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 

कोलीको नाममा किटानी जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। उनी फरार रहेका छन्। आरोपित कोलीले केही दिन अगाडि मायाको मोबाइल खोसेको र मोबाइल लैजान बोलाएर हत्या गरेको मृतकका दाजु प्रकाशराम लुहारको भनाई छ। 

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी माया बुधबार शिवनाथ-६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको प्रहरीले बताएको छ। उनीसँगै गएकी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते अवस्थामा फेला परेकी थिइन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस