सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा मत गणना : कांग्रेसका पाण्डे १२६९ मतले अगाडि

२०७९ मंसिर १६, ०८:३२ खबर संवाददाता

धनगढी: बाजुरामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना जारी रहेकको छ। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका बद्रि पाण्डे १२६९ मतले अगाडि छन्।

पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४१३० मत पाएका छन्। जिल्लामा विवादका कारण रोकिएको मतगणना बिहीबार साँझ ६ बजेबाट सुरु भएको थियो। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन जिल्लामा विवाद हुँदा २ जनाको मृत्यु भएको थियो। 


 

कमेन्ट लोड गर्नुस