सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा मतगणनाः पाण्डे १८ मतले अगाडि

२०७९ मंसिर १५, १०:५६ खबर संवाददाता

धनगढीः बाजुरामा प्रतिनिधि सभा सदस्यको दुई हजार पाँच सय ३४ मतगणना गरिएको छ। नेपाली काँग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डे अगाडि छन्।

काँग्रेसका उम्मेदवार पाण्डेको एक हजार २ सय ५० मत छ। नेकपा एमाले उम्मेदवार कर्णबहादुर थापाले एक हजार २ सय ३२ मत पाएका छन्। काँग्रेसका उम्मेदवार पाण्डे एमालेका उम्मेदवार थापा भन्दा १८ मतले अगाडि छन्।

जिल्लामा विवादका कारण रोकिएको मतगणना बिहीबार साँझ ६ बजेबाट सुरु भएको थियो। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन जिल्लामा विवाद हुँदा २ जनाको मृत्यु भएको थियो। 

कमेन्ट लोड गर्नुस