सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको मतगणना सुरु हुँदै

२०७९ मंसिर १५, ०२:०९ खबर संवाददाता

धनगढीः बाजुराको मतगणना सुरु हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार साढे ३ बजेदेखि जिल्लाको मतगणना सुरु हुने भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने सहमति गरेको हो। जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार कुन स्थानीय तहबाट मतगणना सुरु गर्ने भन्नेमा भने सहमति गरिएको छैन।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन्। आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो। तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो। बुधवार बेलुका, बिहिवार बिहान ७ बजे र बिहान ११ बजे बैठक बसेको हो। 

कमेन्ट लोड गर्नुस