सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

२०७९ मंसिर १५, ०८:५१ खबर संवाददाता

दोलखा: दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ। आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए। 

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको 'क', 'ख' र 'ग', वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र 'क' र 'ख' तथा तामाकोशी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका 'क' र 'ख' गरी सात मतदान केन्द्रमा आज  मतदान गर्ने निर्णय गरेको थियो।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा 'क', 'ख' र 'ग' मतदान केन्द्रमा मतदान सुरू भएको छ। निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएको चुनावलाई रद्द गरी त्यही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो।  

कमेन्ट लोड गर्नुस