सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैठकमा एमाले अनुुपस्थित हुँदा बाजुरामा सुरु भएन मतगणना 

२०७९ मंसिर १४, ११:०७

धनगढीः बाजुरामा रोकिएको मतगणना सुरु गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। तर सर्वदलिय बैठकमा एमाले अनुपस्थित हुँदा मत गणना सुरु भएको छैन। 

बाजुरामा झडपका कारण रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा नेकपा एमाले सहभागी भएको छैन। जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन।

नेकपा एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी थिए। तर एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको बताइएको छ। बिहीबार बिहान ७ बजे पुुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गरिएको छ। 

नेकपा एमालेले भने विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने निर्णय गरेको छ। 

निर्वाचनका क्रममा भएका कमजोरी र ज्यादतीहरुको समीक्षा भएर समझदारी नभएसम्म गणनाका लागि बोलाइने कुनै पनि औपचारिक बैठकमा सहभागी हुुने एमालेको तर्क छ। 


 

कमेन्ट लोड गर्नुस