सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ३ महिला प्रतिनिधि सभामा पराजित, रञ्जिता श्रेष्ठ विजयी

२०७९ मंसिर १४, १०:३४ खबर संवाददाता

धनगढीः कञ्चनपुर–१ मा  एमालेका तारा लामा तामाङ निर्वाचित भए। तामाङको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगर हुन्। पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित  भएकी मगरले  १९ हजार चार सय मत प्राप्त गरिन्। 

कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग एमालेकी निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित भइन्।

डोटी–१ मा एमालेकी गौरीकुमारी ओली, नेकपा ९एस०का प्रेमबहादुर आलेसँग चार हजार दुई सय ६ मतान्तरले पराजित भइन्।  

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ भने विजयी भइन्। उनी सुदूरपश्चिमबाट एक मात्र महिला प्रतिनिधि सभा सदस्य  हुन्। 

कमेन्ट लोड गर्नुस