बझाङमा पुरुष मृत फेला
२०७९ मंसिर १४, ०५:४३
धनगढीः बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिकामा–८ दशापाला भन्ने ठाउँमा सोही ठाउँ बस्ने ४२ वर्षीय मानसिँह बोहरा मृत्य फेला परेका हुन्।
बुधबार दिउसो १ बजे तिर दशापालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो। बझाङ प्रहरीका अनुसार घटनाका कारण खुलेको छैन। प्रहरीको समूह जिल्लाबाट घटना स्थलतिर गएको छ।
कमेन्ट लोड गर्नुस