सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा साथीको घर गएर सुतेका युवक मृत फेला 

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर १३, १२:५१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा साथीको घर गएर सुतेका एक युवक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका प्रहरीले बताएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुबै जना साथी हुन्। उनीहरु राति सँगै सुतेकोमा चौधरी भने मृत फेला परेका हुन्। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस