सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१६ को विशेषज्ञ वडा क्लिनिकमा १९३ जनाको उपचार    

२०७९ मंसिर १३, ०७:४४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १९३ जना बिरामीको उपचार गरिएको छ। सोमबार उक्त वडाको उर्मा स्वास्थ्य चौकीमा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १९३ जना बिरामीको उपचार गरिएको हो।

उपमहानगरका अनुसार क्लिनिकमा ५७ जनाले जनरल फिजिसियनबाट सेवा लिएका छन्। त्यसैगरी ३० जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, ७५ जनाले आँखा रोग सम्बन्धी र १२ जनालाई प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको छ।
त्यस्तै, माया मेट्रो अस्पतालले हाडजोर्नी रोग विशेषज्ञद्वारा पनि सेवा प्रदान गरेको र १२ जनाले उक्त  सेवा लिएको उप–महानगरले जनाएको छ।  

क्लिनिकमा १४ जनाले अल्ट्रासाउन्ड, ६ जनाले ईसीजी र २१ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका २५ जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने ४३ जना बिरामीलाई रेफर गरिएको छ।


 

कमेन्ट लोड गर्नुस