सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता सलोनले गरे प्रेमिका करिश्मासँग विवाह 

२०७९ मंसिर १२, ०१:२२ खबर संवाददाता

काठमाडौंः अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन्। सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन्।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो। त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो। ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने।

विवाह समारोहमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए।सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए।

कमेन्ट लोड गर्नुस