बाजुरामा हत्या गरिएका नेता अयडीको शव उठाइयो
धनगढीः बाजुरामा हत्या गरिएका विद्यार्थी नेता चेतनदीप अयडीको शव उठाइको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव ९ दिनपछि सोमबार उठाइएको हो।
उनको दाहसंस्कार पूर्व शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको थियो। आजै उनको दाहसंस्कार गरिदै छ। मंसिर ४ गते साँझ घरमै कुटपीट गरि अयडीको हत्या गरिएको थियो। सो घटनामा कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको एमालेको आरोप छ।
एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि जिल्लामा निरन्तर आन्दोलन गरिरहेको छ। मंसिर ४ गते निर्वाचनको दिन मतदानका क्रममा विवाद भएपछि उनीमाथि कुटपीट भएको थियो।