सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिंहबीच भेटवार्ता

२०७९ मंसिर ११, ०७:०७ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। 

ओलीलाई भेट्न सिंह आइतबार साँझ बालकोट पुगेका थिए। भेटमा चुनाव जितेकोमा एक अर्कामा बधाई साटासाट भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए।

भेटमा सामान्य चुनावी समीक्षा र समसायमिक राष्ट्रिय राजनीतिको बारेमा दुई नेता बीचमा कुराकानी भएको लामिछानेले बताए।
 

कमेन्ट लोड गर्नुस