सुदूर नेपाललाई विश्वसँग जोड्दै

सागर ढकालको प्रश्नः खासमा डडेल्धुराका जनतालाई गाली किन ? 

२०७९ मंसिर ११, ०३:३५ खबर संवाददाता

धनगढीः प्रतिनिधि सभामा डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी बनेका सागर ढकालले डडेल्धुराका जनतालाई गाली नगर्न आग्रह गरेका छन्। आइतबार सामाजिक संजालमाफर्त उनले यस्तो आग्रह गरेका हुन्। 

डडेल्धुराका जनतालाई गाली गर्नु भनेको आफैलाई गाली गरे सरह हुने उनको जिकिर छ। 

यस्तो छ उनको आग्रहसहितको स्टाटस

खासमा डडेल्धुराका जनतालाई गालि किन ? अलि विस्तृतमा राखे है ‌। जितेर हार्नु भन्दा हारेर जित्न उचित ठाने। स्वच्छ प्रतिस्पर्धा गरे । १३,००० मत पनि पाए। मेरो करिब ६/७ हजार मत  रातारात सागर गुल्मी गैसक्यो भन्ने भ्रम फिजाएर लगिएको मत हो। सागर गुल्मीको मात्र पनि होइन डडेल्धराकै पनि थियो, हो र भैसक्यो र नेपाल आमाको सच्चा छोरो हो। 

आज भ्रम पनि चिर्छु। मेरो आफ्नै दिदिको बिहे ६ वर्ष अगाडि डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा न २ को काजी भट्टसंग भएको हो। डडेल्धुरामा  मेरा नातापाता हजारौं हुनुहुन्छ। तर म आफै नातापा, आफन्तको राजनिती गर्न हुँदैन भन्ने सोचेर आफ्नो आफन्तसंग भेटघाट पनि गरिन। मलाई यहाँका ठुला ठालाले भ्रमको राजनिती गरि रहँदा, मेरा आफन्तहरुले डडेल्धुराको सालो हो भनेर थाहा देउ भनेर दबाब पनि दिनुभयो। तर अबको राजनिती नितान्त एजेन्डा, क्षमता र दक्षता को हुनुपर्छ भनेर मैले त्यसो गरिन। गणितीय जित मात्र जित हैन , केही जित त्यो भन्दा माथी हुन्छ। जितेर हार्न भन्दा , हारेर जित्न ठिक ठाने। 

म डडेल्धुरासंग प्रत्यक्ष रुपमा जोडिएको ६ बर्ष भन्दा बढी भयो । डडेल्धुराका जनताले परिवर्तन नचाहेको भए १३,००० मत दिनुहुन्थ्यो होला त ?  गाउमा मौन अवधिमा रातारात भ्रम फिजाएर ६,००० मत चोरिएको न हो। त्यसैले सम्मान गर्नुहोला डडेल्धुराबासीलाई। तर प्रशासन र निर्वाचन आयोग, पैसाको खोलो बगाउने नेतालाई भने हामीले जहिले नियम कानुन कडा पालना गर्न दबाब सिर्जना भने सधैँ गर्नुपर्छ। डडेल्धुराबासीलाई गाली गर्नुभनेको मलाई पनि गाली गर्नु हो। त्यसो नगरिदिनुहोला।
 

कमेन्ट लोड गर्नुस