सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रदेश समानुपातिकतर्फ एमालेले पायो सबैभन्दा बढी मत 

२०७९ मंसिर ११, ०९:०७ खबर संवाददाता

बैतडी: बैतडीमा प्रदेशसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभाको अन्तिम मतपरिणाम अनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

प्रदेशसभा सदस्य समानुपातिकतर्फ एमालेले ३० हजार ८७९ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २१ हजार ६१९ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्र १३ हजार १०२ मत प्राप्त गरेर तेस्रो भएको छ। राप्रपाले २ हजार ११२ र एकीकृत समाजवादीले १ हजार ८४५ मत पाएको छ। 

प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर र ५ हजार ५५ मत बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस