सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय राजनीति अस्थिर हुने खतरा छः सिंह

२०७९ मंसिर १०, १०:१२ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। शनिवार मतदातालाई धन्यवाद दिन विभिन्न स्थान पुगेका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरू अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरू दलहरूले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थिरताको भुमरी परेको उनले बताए। नेता सिंहले संविधान नै काम लाग्दैन भन्नेहरू पनि संसदमा आउन लागेको र यसले नेपालको राष्ट्रिय राजनीति अस्थिर हुने देखिएकाले थप सजक हुनुपर्ने बेला आएको धारणा राखे।

तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि विकास निर्माण लगायतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ।

कमेन्ट लोड गर्नुस