सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ? 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर १०, ०९:२५ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो।

राजदूत श्रीवास्तवले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

कमेन्ट लोड गर्नुस