सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, नयाँ सरकार गठनबारे चासो

२०७९ मंसिर १०, ०६:४९ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। संसदीय निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला देउवा र श्रीवास्तवबीच भेटवार्ता भएको हो। 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीका अनुसार भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए।

राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए।

कमेन्ट लोड गर्नुस